बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

god-3टोकियो – हेभन्ली-निर्वाणा पाथका प्रवर्तक तथा प्रेमबादी दर्शनका सूत्रधार नेपालका एक ख्यातीप्राप्त आध्यात्मिक गुरु माष्टर गड्याञ्जलको टोकियोमा एक दिवसीय ध्यान तथा आशिर्वचन कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रम यही नोवेम्वर २७ तारिख आइतवार हुन गईरहेको कुरा आयोजक संस्था हेभन्ली निर्वाणा पाथ जापानले जनाएको छ । शिनओकुबो स्थित टोकियो रोधी क्लवको सभाकक्षमा हुन गईरहेको उक्त अत्यन्त महत्वपूर्ण कार्यक्रममा सहभागी भई मौकाको फाईदा उठाउन जापानबासी नेपालीहरुमा आयोजक संस्थाकी अध्यक्ष सेमिना राईले अपिल गर्नुभएको छ ।

१२ वर्षको कलिलो उमेरमै मृत्युको रहष्यबोध एवं ईश्वरबारे वास्तविक ज्ञान प्राप्त गर्नुभएका माष्टर गड्याञ्जलले प्राप्त गरेको ज्ञान मानिसहरुमा बाँड्दै हिड्ने क्रममा उहां जापान आउन लाग्नुभएको सो संस्थाकी सचिव रोशनी राईले समुद्रपारिलाई बताउनुभयो ।

सचिव राईकाअनुसार मास्टर गड्याञ्जलले नेपाल, भारत, भुटानका बिभिन्न ठाउँ र बिश्वका ८० भन्दा बढि मुलुकहरुमा भ्रमण गरिसक्नुभएको छ । उहाँको दर्शनलाई हेभन्ली पाथ अर्गनाईजेशन (स्वर्गिक मार्ग संघ) नेपालले नेपालमा संस्थागतरुपमा अगाडि बढाईरहेको छ भने भारत, भुटान, हङकङ, बेलायत, अमेरिका, सिंगापुर, ब्रुनाई, मलेसिया, आदि मुलुकहरुमा पनि संस्थागतरुपमा हेभन्ली पाथको दर्शन अगाडि बढिरहेको छ ।

उदयपुर जिल्लाको मैनामैनी गाबिसको वडा नं २ मा जन्मनुभएका मास्टर गड्याञ्जलले ३३ वर्षको उमेरभित्रै अदभुत लाग्ने बिभिन्न खालका चमत्कारपूर्ण एवं मानव कल्याणकारी कार्यहरु गरी ख्याती कमाईसकेको आयोजक स्रोतले जनाएको छ । बिश्व मानव कल्याणको निमित्त संसारकै अग्लो सगरमाथाको चुचुरोमा ३२ घण्टासम्म र प्रशान्त महासागरको गहिरो तटमा ३ घण्टासम्म तपस्या गर्नुका साथै बिसं २०५८ को राजदरबार हत्याकाण्ड, अमेरिकाको ट्वीन टावरमा भएको आतंककारी हमला, जापानमा गएको महाबिनाशकारी सुनामी लगायतका बिश्वलाई नै आतंकित तुल्याउने घटनाहरुको उहाँले भविष्यवाणी गर्नुभएको आयोजक संस्थाले जनाएको छ । राजदरबार हत्याकाण्ड बारे भविष्यबाणी गरेको अभियोगमा उहाँ जेल समेत पर्नुभएको बताईन्छ ।

कुनै ब्यवसायिक वा अन्य स्वार्थ तथा सस्तो लोकप्रियताका लागि नभएर मानिसले आफ्नो जीवन र जगतलाई समयमै राम्ररी बुझेर सार्थक जीवन जिउने कला सिकाउने दर्शनबारे आधारभुत ज्ञान जापानबासी ब्यस्त नेपालीहरुमा पनि बाँड्न सकियोस् भन्ने उद्देश्यले पहिलोचोटी जापानमा उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

उक्त दिनको अपरान्ह १ बजेदेखि हुने सो कार्यक्रममा सहभागीहरुका लागि चिया खाजाको समेत ब्यवस्था गरिएको छ ।

उक्त कार्यक्रमका लागि मास्टर गड्याञ्जल यही नोवेम्वर २४ तारिख शुक्रबार नै टोकियो आईपुग्ने कार्यक्रम छ ।****

माष्टर गड्यान्जलको एक कार्यक्रमको झलक भिडियोमा 

godangel

god-1

तपाईको प्रतिक्रिया