बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

भोजपुर – धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको पिकअप भ्यान आज साँझ दुर्घटना हुँदा भोजपुरका एक जना शिक्षकको मृत्यु भएको छ ।

पिकअप भ्यान सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राईको घटनास्थलमै मृत्यु भएको स्थानीय विशाल राईले जानकारी दिनुभयो ।

दुर्घटनामा उहाँकी पत्नीसहित पाँच जना यात्रु घाइते भएका छन् । धरानमा उपचार गरेर घर फर्किने क्रममा शिक्षक राईको दुर्घटनामा मृत्यु भएपछि भोजपुर शोकमग्न भएको छ ।

भोजपुरको घोडेटार हुँदै हसनपुरबाट अरुण नदीसम्म कच्ची बाटो यसै वर्ष खनिएको हो । त्यहाँबाट अरुण नदी पारी धनकुटाको अखुवाटार हुँदै तमोरको मुलघाट निकालेर धरानसम्म जाने कच्ची बाटो पनि जोडिएको थियो । यही बाटोबाट आउने क्रममा सवारी दुर्घटनामा परेको हो ।

तपाईको प्रतिक्रिया