मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमडौं – सरकारले तीनवटा सुरक्षा निकायसँग मिलेर हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको छ ।

हेटौंडा कपडा उद्योग विगत १६ वर्षदेखि पूर्ण रुपमा बन्द छ । उद्योग राजनीतिक हस्तक्षेपको सिकार भएको थियो । अक्षम व्यवस्थापानका कारण उद्योग घाटामा गएपछि २०५७ सालदेखि बन्द गरिएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार, सशस्त्र प्रहरी, सेना र प्रहरीको २५/२५ प्रतिशत सेयर लगानी गरी उद्योग सञ्चालन गर्न लागिएको जानकारी दिनु भएकाे छ ।

उहाँका अनुसार बन्द उद्योग सञ्चालनका लागि तीनवटै सुरक्षा निकायले सहमति जनाइसकेका छन् । उद्योग सञ्चालन गर्न पहिलो चरणमा १० करोड रुपैयाँ लगानी गरिने भएको छ ।

दोस्रो चरणमा उद्योगको कोष २५ करोड रुपैयाँसम्म पुर्‍याउने लक्ष राखिएको छ ।

अन्नपूर्णमा दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया