बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

img_5770टोकियो – रामेछापमा जन्म भई हाल सोल्पाठाना–५, सिन्धुली बस्ने तिर्थ बहादुर श्रेष्ठकी जेठी छोरी भेषकुमारी श्रेष्ठको रक्त क्यान्सरको उपचारका लागि ‘रामेछाप समाज जापान’ले एक लाख १० हजार पाँच सय रूपैंया सहयोग गरेको छ ।

भेषकुमारीको परिवारलाई उहाँको उपचार गर्न धेरै महँगो भएको कारण कठिन भएकाले समाजले उक्त रकम सहयोग स्वरूप प्रदान गरेको हो । समाजकाे जापनमा रहेको केन्द्रीय कार्यसमितिको सदस्यहरूबाट उठाएको रकम थोरै मात्र भए पनि बिरामीलाई सहयोग गरिएको रामेछाप समाज जापानका अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिनु भएको छ। विगत तीन महिनादेखि रक्त क्यान्सारबाट पीडित श्रेष्ठ हाल उपचारको सिलसिलामा बानेश्वरस्थित सिभिल अस्पतालको बेडमा हुनुहुन्छ ।

img_5771

यही मिति २०७३/०७/११ गते तमाङ सञ्चार समूहका अध्यक्ष जगत दोङ, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य हिरालाल तामङ, समाज सेवी युवा क्लब हिलेदेबि रामेछापका अध्यक्ष कुलबहादुर थिङको रोहवरमा रामेछाप समाज जपानको महसचिव शिक्षा शान्ति वाइबा र सल्लाहाकार चन्द्रमान तामाङले स्पतालमै पुगेर भेशकुमारीलाई उक्त रकम हस्तानान्त्रण गर्नु भएको हो ।

३३ वर्षीया भेषकुमारीको उपचारका क्रममा हालसम्म करीव ८ लाख रुपैंया खर्च भैसकेको छ । चिकित्शकले बिरामीको अवस्थामा सुधार आउँदै गरेको भए पनि अझै ६ महिना अाराम गर्नुपर्ने भएकाले थप खर्च जुटाइदिन समाजलार्इ अनुरोध गर्नु भएको छ ।

भेष कुमारिको एक छोरा र एक छोरी छ्न ।

तपाईको प्रतिक्रिया