शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाल जापान द्वैत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठका अवसरमा दुई देशबीच मैत्रीपूर्ण खेल हुने भएको छ।
एन्फाले बिहीबार पत्रकार सम्मेलन गरी नेपालको राष्ट्रिय फुटबल टोली र जापानको पूर्व राष्ट्रिय फुटबल खेलाडीहरुसमेत संलग्न भएको ‘जापान फ्रेण्ड’का बीच आगामी मंसिर ४ गते मैत्रीपूर्ण च्यारेटी फुटबल हुन लागेको जानकारी गराएको हो। जापानी सामाजिक संस्था कलरवाथसंगको सहकार्यमा एन्फाले नेपाल जापानबीच मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो। प्रतियोगितामा सहभागी हुन आउने जापानी टोलीले जापानी विकास नियोग जाइकाले काभ्रेको धुलिखेलमा निर्माण गरेको विद्यालयका बालबालिकालाई प्रशिक्षण दिनुका साथै भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको अवलोकन गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर जानकारी दिनुभयो ।
प्रतियोगिताबाट उठेको रकम भूकम्पबाट प्रभावित जिल्लाको खेलकुद तथा शैक्षिक विकासमा खर्च गर्ने उहाँले बताउनु भयो । मैत्रीपूर्ण प्रतियोगिताका लागि जापानको राष्ट्रिय टीमका पूर्वकप्तानसहितका खेलाडी नेपाल आउने छन्। खेल सातदोबाटोस्थित एन्फाको खेल मैदानमा हुने बताइएको छ।

तपाईको प्रतिक्रिया