शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

दाङ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी काँग्रेसले तत्काल कुनै निर्णय नगर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य डा महतले कार्कीका विषयमा छानबिन प्रक्रिया सुरु भएकाले समितिको छानबिन प्रतिवेदनपश्चात् मात्रै काँग्रेसले निर्णय गर्ने स्पष्ट पार्नु भयो । लोकमानको विषयलाई छानबिन गर्न समिति गठन भइसकेको अवस्थामा काँग्रेस न्यायाधीश बन्न नसक्ने उहाँको भनाइ छ । काँग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले बोल्नुपर्ने अवस्था आएपछि सत्यताको पक्षमा निर्णय गर्नेसमेत उहाँले उल्लेख गर्नु भयो ।
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका डा महतले नेपालमा आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । भ्रष्टाचार, राजनीतिक अस्थिरता, बन्द हडताललाई अन्त्य गर्दै देशको समृृद्धिमा अघि बढ्नुपर्नेमा उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया