शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – कार्तिक २६ गते देखि प्रर्दशनमा आउन लागेका फिल्म ‘जात्रा’ को गीत सार्वजनिक गरिएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो ।

प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशन स्वरुप गीत सार्वजनिक गरिएको ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । फिल्मको विषयवस्तु सँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्त’त गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिएका छन् ।

फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफूलाई निकै खुसी लागेको हरिवंश आचार्यले बताएका छन् । गाउनका लागि केहि कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् ।

यस्तो छ गीतको भिडियो :

तपाईको प्रतिक्रिया