बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

लिस्बोन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र गैह्रआबासिय नेपाली संघ पोर्चुगलको संयुक्त आयोजनामा १ सय ७ औं लक्ष्मी जयन्ती सम्पन्न भएको छ ।

संघको कार्यालयमा २५ अक्टोबरमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगमले गर्नुभएको थियो भने प्रमुख अतिथि गैह्रआबासिय नेपाली संघका अध्यक्ष भीम कमल केसीले गर्नुभएको थियो । कार्यक्रमका बक्ताहरुले नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सुनिल संगम, भीम कमल केसी, वाई बि गुरुङ, कृष्ण कडेल जिज्ञासु लगायतका श्रष्टाहरुले आ–आफ्नो रचनाहरु पनि बाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया