शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

जापान– जापानका सम्राट अकिहितोका काका मिकासाको बिहिबार बिहान निधन भएको छ ।

१०० वर्षीय मिकासाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । पूर्व जापानी सम्राट हिरोहितोका भाइ मिसाका गत मे महिनादेखि टोकियोमा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको जन्म सन् १९१५ डिसेम्बर २ मा भएको थियो ।

सम्राट हिरोहितोले दोस्रो विश्वयुद्धमा जापानको पराजयपछि ६० वर्ष लामो शासनबाट राजीनामा दिनुभएको थियो । उहाँको मृत्यु सन् १९८९ मा भएको थियो ।

तपाईको प्रतिक्रिया