शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलग–अलग नेताका अभिभावकत्व बोकेका प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले एक महिनाअघि सरुवा भएर आएका सहसचिव र उपसचिवको पदस्थापना गर्न सकेको छैन ।

दैनिक काम कारबाहीका हिसावले महत्वपूर्ण ठानिएका विमानस्थलस्थित अध्यागमन कार्यालय, कारागार व्यवस्थापन विभाग र प्रहरी कितावखाना पनि नेतृत्व विहीन छन् । सचिवहरुको सरुवा र पदस्थापन नहुँदा सिन्धुपाल्चोक, मकवानपुर र काभ्रे सिडिओ विहीन छन् ।

शक्ति केन्द्रहरुले यो र त्यो पठाउने भन्दै लविङ गरेपछि ती जिल्लामा सिडिओ पठाउन नसकेको स्रोतले बताएको छ । रसुवा, लमजुङ, दोलखा र संखुवासभाको सिडिओ बन्न समेत हानाथाप छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया