बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

ललितपुर – दसौँ गोदावरी प्रतियोगात्मक प्रदर्शनी जावलाखेलमा आजदेखि सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसियसन नेपालले आयोजना गरेको उक्त प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनी करिब ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकले प्रदर्शनी अवधिभर रु ३५ देखि ४० लाखको फूलको कारोबार हुने अनुमान गरेको छ ।

प्रर्दशनीको उद्घाटन गर्दै कृषि विकास राज्यमन्त्री राधिका तामाङले पुष्प व्यवसायले छलाङ मारेको बताउनुभयो । उहाँले यसले महिलाका लागि रोजगारीको राम्रो अवसर सिर्जना गरिरहेको धारणा राख्नु भयो ।

कृषि मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले पूmलको आयात कम गर्दै जानुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले स्वदेशी उत्पादनको प्रयोग बढाउँदा मात्रै आयात कम गर्न सकिने बताउनुभयो ।

godavari-ful

तपाईको प्रतिक्रिया