बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

hetauda

हेटौंडा – कर्मचारीले सेवाग्राहीलाई सेवा दिइरहेको समयमा मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगलागी भएको छ ।
आगलागीबाट घाइते भएका ३ जनालाई घाइते अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नापी कार्यालयमा बिष्फोट भएसँगै आगलागी भएको प्रत्यक्षदर्शीको भनाइ छ । तर, के कारणले आगलागी भएको भन्ने विषय भने खुल्न सकेको छैन । बिजुली सर्ट भएको वा ग्यास पड्किएको अनुमान प्रहरीको छ ।

hetauda-napai-aaglagi-1
हाल नापीको भवनबाट उद्धार चलिरहेकाले घाइतेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । अहिले पनि कार्यालयमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ । आगलागीपछि हेटौंडाबासी त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया