बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

लिस्बोन – यूरोप भ्रमणमा रहेका कालाकारद्वय सन्जिव प्रधान र नलिना चित्रकारले १२ नोभेम्बर २०१६ शनिबारका दिन पोर्चुगलको लिस्बोनमा भब्य सांगीतिक प्रस्तुति दिने भएका छन् ।14826304_1190432947680192_1947196370_n

गैह्रआबासिय नेपाली आकस्मिक कोष पोर्चुगलको सहयोगार्थ एनआरएन पोर्चुगलले कार्यक्रमलाई आयोजना गरेको हो । उक्त आकस्मिक कोष एनआरएन पोर्चुगलको सम्पन्न ११ औं साधारण सभा पछि पोर्चुगलमा भैपरी आउने विभिन्न आकस्मिक समस्या तथा गम्भीर दुर्घटनाको निम्ति कोष निर्दे्शिका सहित संचालनमा ल्याउन लागेको हो भने कोषको रकम १०,००० यूरो पुराउने योजना एनआरएन पोर्चुगलको रहेको बताईएको छ ।

कल्चरल हाउस आन्जोसमा दिनको ३.३० बजेबाट सुरु हुने उक्त कार्यक्रममा पोर्चुगलमा रहेका संघ संस्था, समाजसेबी, ब्यबसायी र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि एनआरएन पोर्चुगलले अनरोध पनि गरेको छ ।

यसैगरि संघको गत आइतबारको बैठकको निर्णय अनुसार यही २५ अक्टोबरमा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति मनाउने, २७ अक्टोबरमा आप्रबासी नीति सहज गर्न दबाबको निम्ति पोर्चुगाली संसद भबन घेराउ गर्ने, १३ नोभेम्बरमा आप्रबासी अधिकारको निम्ति बृहत जुलुसमा सहभागी हुने, आकस्मिक कोष निर्देशिका तथा संसोधित बिधान वितरण गर्ने र आकस्मिक कोषको खाता संचालन गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया