बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिक सरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको थियो ।

परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बधमा तत्काल कुने निर्णय गर्न नसक्ने जवाफ कूटनीतिक च्यानबाट भारत सरकारलाई दिइसकको जानकारी दिए । यद्दपि नेपाल र भारतबीच बिहीबार नयाँदिल्लीमा हुन लागेको एकदिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको ती अधिकारीले बताए । आजको अन्नपूर्णमा समाचार छ ।

तपाईको प्रतिक्रिया