शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताउनुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग आज काठमाडौँमा भएको छलफलमा उहाँले आधारभूत स्वास्थ्य सेवाका लागि ऐन बन्ने प्रक्रियामा रहेको र त्यसमा बिमा रकम भुक्तानी गर्न नसक्ने नागरिकको हकमा राज्यले नै भुक्तानी गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

मन्त्री थापाले मुलुकमा लागुऔषध र लागुपदार्थ दुव्र्यसनी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका सभापति गङ्गाधर अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच कायम गर्नुपर्ने, स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने र प्रत्येक बालिग महिलालाई मासिक स्वास्थ्य भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका बिषयमा मन्त्री थापालाई जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया