बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

साईप्रस- हिन्दुहरुको महान चाड बडा दशैंको अवसरमा इराकको कुर्दिस्थान प्रवासी नेपाली समाजद्वारा आयोजना गरिएको बडा दशैंको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ ।

नेपालबाट पहिलो पटक इराक जस्तो ठाउंको कार्यक्रममा पुगेका पहिलो कलाकार चर्चित गायक तथा बरिष्ठ संगीतकार विश्वदोङ तामाङ र सेलो तथा दोहोरी गायीका निशा लामा तामाङले सांगीतिक प्रस्तुति दिएका थिए। गायक विश्व दोङले तामाङ सेलो “घुम्न पो जादा ल्हासामा” भन्ने गीत लगायत विभिन्न लोक दोहोरी, देउडा र आधुनिक गीतहरुको प्रस्तुतिद्वारा मनोरञ्जन दिलाउदै दर्शकहरुलाई नचाएका थिए ।

सेलो तथा लोक दोहोरी गायिका निशा लामा तामाङद्वारा पनि लोक दोहोरी तथा तामाङ सेलो गीतहरूको प्रस्तुतिद्वारा भरपुर मनोरञ्जन दिलाएकी थिईन्। स्थानीय म्हेन्दोमाया कलाकार कान्छा लामा तामाङ र पलमाया गोम्जा तामाङले पनि म्हेन्दोमाया गीतद्वारा मनोरञ्जन दिलाएका थिए ।

प्रवासी नेपाली समाजका अध्यक्ष च्याङ्बा लामा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा ४ सय भन्दा बढी दर्शकहरुको उपस्थित रहेको थियो। ***
ashmita

तपाईको प्रतिक्रिया