शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बेल्जियम – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको एघारौ साधारण सभा सम्पन्न भएको छ । गत आइतबार लुभेनको ओंज हाउसमा सम्पन्न साधारणसभामा बिभिन्न उच्च पदस्थ ब्यक्तिहरुको उपस्थित रहेको थियो । 14729126_10209582755300011_7996475552778663753_n

कार्यक्रममा प्रमुख अतिथिकारुपमा बेल्जियमका लागि कावा राजदूत घनश्याम भण्डारीले गैर आवासीय नेपाली संघ बेल्जियमले गरेका बार्षिक गतिविधि अन्तर्गत उल्लेखनीय कार्य गरेको चर्चा गर्दै नेपाल सरकारले आर्थिक सहयोग अन्तर्गत रेमिटेन्स, सामाजिक सेवा, डायस्पोरामा रहेका नेपालीको ज्ञान, सीप र क्षमता लाई बिकासको रुपमा भित्र्याउन पहल गरेको साथै बिभिन्न रचनात्मक कार्यको लागि आफ्नो शुभकामना व्यक्त गर्नुभयो । त्यसै गरि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष कुमार पन्त विशिष्ट अतिथिको रुपमा एनआरएनको दोहोरो नागरिकता संबिधानमा पारित भई कानुन बन्ने प्रक्रियामा रहेको साथै भूकम्प पुननिर्माण कार्य अन्तर्गत गोर्खामा एकहजार घर निर्माण प्रक्रिया अगाडि बढेको साथै संस्थाको आफ्नै भवन निर्माण को कार्य लगायत लगानीका कार्यहरुका पनि रहेको बताउनुभयो ।

कार्यक्रममा सभापति तथा संस्थाका अध्यक्ष गंगाधर गौतमले गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तर्राष्ट्रिय समन्वय परिषदले निर्देशन गरेका कार्यहरु गरेको, बेल्जियममा नेपाल र नेपाली प्रवर्धनका लागि बिभिन्न सामाजिक, बैचारिक तथा जातीय संघ–संस्था संग हातेमालो गर्दै उल्लेखीय कार्यहरु गरेको साथै सहयोग गर्नु हुने सम्पूर्ण लाई बिशेष धन्यबाद दिनुभयो । 14718785_10209582755100006_3301322260847025794_n

कार्यक्रमको दोश्रो अर्थात बन्दसत्र अन्तर्गत गैर आबासीय नेपाली संघ बेल्जियमका पंजीकृत सदस्यहरुले संस्थाले गरेको कार्य प्रगती प्रतिबेदन, आर्थिक प्रगती प्रतिबेदन, महिला संयोजक बाट प्रस्तुत प्रतिबेदन र बिधान मस्यौदा समितिबाट प्रस्तुत बिधानलाई केन्द्रिय बिधानको मुल आधारमा रही बेल्जियमको आन्तरिक संस्था संचालनको लागि तयार गरीएको बिधान लगायत समितिले गरेका सम्पूर्ण बैठक, भेला र छलफल बाट गरिएका सम्पूर्ण निर्णयहरुलाई पारीत गरेका थिए ।

उक्त साधारण सभा अन्तर्गत केहि सामजिक सञ्जाल तथा अनलाईन समचार मिडियाले भएको छलफलहरुलाई बिवाद भनि गरिएको प्रचारमा सत्यता नभएकोमा पनि सचेत रहन अनुरोध गर्दै संघका अध्यक्ष गंगाधर गौतम र महासचिब लोक दाहालद्वारा जारी बिज्ञप्ति मार्फत जनाएका छन् । ***

तपाईको प्रतिक्रिया