काठमाडौँ – काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् । भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाट समेत गर्नेछन् । उनको उच्च राजनीतिक भेटघाट २० र २१ गते दिल्लीमा हुने छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।