बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौँ – नेपालका लागि भियतनामी राजदूत टोनसिङ थान्हले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा नेपाल र भियतनाम बीचको आपसी सम्बन्ध र द्वीपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र भियतनामबीच लामो र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दैे प्रधानमन्त्री दाहालले पछिल्लो समय नेपाल र भियतनाम बीचको सम्बन्धमा निकटता बढेकामा खुसी व्यक्त गर्नुभएको प्रधानन्त्रीका उपस्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

राजदूत थान्हले उच्चस्तरीय राजनीतिक भेटघाट गरेर दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया