शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकमा मुख्य गरी अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगका विषयमा छलफल हुनेछ । Congress

संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचनामा पार्टीको धारणा, पदाधिकारी नियुक्ती लगायत विषयमा छलफलका लागि बैठक बोलाइएको भएपनि लोकमानविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछि उक्त बिषय छलफलको मुख्य विषय बनेको हो । काँग्रेसका धेरै युवा नेता महाअभियोग प्रस्तावलाई पारित गराउनुपर्ने पक्षमा खुलेर लागेका छन् भने शीर्ष नेताले थप छलफल गरेर मात्र धारणा बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

सभापति शेरबहादुर देउवाले महाअभियोगका विषयमा जनमत अनुसार नै अघि बढ्ने तर यसमा पार्टीभित्र थप छलफल गरेर आधिकारिक धारणा बनाउने बताउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया