शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – अखिल नेपाल फुटवल संघ (एन्फा) को नेतृत्व चयनमा लागि बिशेष साधारसभा आज हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ९ बजेदेखि डाकिएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ । anfa-696x395

तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचारी ठहर गर्दै निलम्बन गरेको र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएका कारण यी दुई पदमा एकवर्षका लागि चुनाव हुन लागेको हो । अध्यक्षका लागि एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्रतिस्पर्धामा हुनुहुन्छ ।

श्रेष्ठ पक्षलाई एन्फाका पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ भने कर्माछिरिङ राजनीतिक रुपमा नेपाली काँग्रेस निकट हुनुहुन्छ । उपाध्यक्षका लागि स्वतन्त्र रुपमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका उपेन्द्रमान सिंहले पनि उम्मेदवारी दिनुभएको छ ।

यस्तै, श्रेष्ठ पक्षबाट मणी कुँवर र कर्मा पक्षबाट दीपक खाती पनि उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । चुनावका लागि ६७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया