शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – अमेरिकाको क्यालिफोर्नियामा बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा एउटा पर्यटक बस लरीसँग ठोक्किँदा दुर्घटना भएको सिएनएनले जनाएको छ ।_92061942_15e97d62-07ea-4728-b78f-e2814e369be1

दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन् । साल्टन शहरमा रहेको रेड अर्थ क्यासिनोबाट क्यालिफोर्निया फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । क्यालिफोर्नियाको पाल्म स्प्रिङ शहर नजिक भएको दुर्घटनाको कारण भने खुलेको छैन ।

घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

तपाईको प्रतिक्रिया