शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – संसदीय समितिको निर्देशन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनविपरीत दुई साताअघि अख्तियार प्रमुख लोकमानसिंह कार्कीको दबाबमा राष्ट्र बैंकले एनसेलको लाभांस रकम विदेश लैजान दिएको पत्तो लागेको छ ।

स्वीकृति नलिई कम्पनीमा लगानी थप गरेका कारण चार वर्षदेखि रोकिएको ८ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकको एकलौटी निर्णयबाट विदेश लैजान दिइएको हो । उक्त रकम वेस्ट इन्डिजमा दर्ता रहेको ‘रेनहोल्ड होल्डिङ’ कम्पनीमा ट्रान्सफर भइसकेको राष्ट्र बैंक स्रोतले बतायो ।

कार्कीको निरन्तर दबाबपछि राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले दसैं बिदा सकिएको भोलिपल्टै असोज २७ गते उक्त रकम विदेश लैजान दिने निर्णय गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया