बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – गोरखा समाज जापानको नाममा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न गोर्खालीहरुलाई आग्रह गरिएको छ ।

समाजले नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानका सभापति डिपी कंडेललाई राजनीतिक दलको रुपमा दिपावली तथा छठको अवसरमा गर्न लागिएको शुभकामना आदानप्रदान सहित देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रममा प्रतिनिधि बोलाउने निर्णय गरेसंगै समाजलाई विवादमा तान्ने प्रयास गरिएको हो । नोभेम्वर २७ मा गर्न लागिएको अधिवेशन नजिकिंदै गर्दा पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गर्न र राजनीतिक पूर्वाग्रह सहित राजनीतिक खोल ओढेका राजु पनेरु लगायत केहि व्यक्तिले जापानवाहिरबाट संचालित एक अनलाईनमा नियोजित रुपमा भ्रामक समाचार सम्प्रेषण गराएको खुल्न आएको छ । 14813555_1215303701859219_712874751_n

समाजका संयोजक चुडामणि भट्टराईले समुद्रपारिसँग कुरा गर्दै भन्नुभयो, ‘राजनीतिक खोल ओढेर सामाजिक भावनाले खोलिएको संस्था माथि आरोप थोपर्ने काम गरिएको छ । जुन स्वीकार्य छैन ।’ समुद्रपारिसँग कुरा गर्दै समाजकी प्रवक्ता कमला काप्रीले साँस्कृतिक कार्यक्रमलाई भाड्ने उदेश्य लिएर समाजको ८० प्रतिशत गोर्खालीहरु पनेरुको पक्षमा रहेको हास्यास्पद समाचार प्रकाशित गरेकोमा निराधार कुराको पछि नलाग्न आग्रह गर्नुभयो ।

त्यस्तै गरी पनेरुले एनआरएन कान्साई क्षेत्रीय समितिका उपाध्यक्ष समेत रहनुभएका भूमिराज दवाडीको नाम जोडेर प्रकाशित गरेको समाचारको खण्डन गर्नुभएको छ । समाजले बोलाउने जुनसुकै पात्र आफूले स्वीकार गर्ने दवाडीको भनाई छ । जापानमा रहेका राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, समाजसेवी, पत्रकार लगायत सवैलाई आमन्त्रण गरिने समाजले यस अघि नै जनाईसकेको छ ।

तपाईको प्रतिक्रिया