बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ –  पाकिस्तानको इस्लामावादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले स्वर्ण जितेका छन् ।

1-4-300x225

शुक्रबार अबेर राति भएको फाइनलमा रत्नजित र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलाएको नेपाल ब्याडमिन्टन सङ्घका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली ब्याडमिन्टनको इतिहासमा कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म स्वर्ण जितेका छैनन् । यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए ।

त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि थियो । नङशलले महिला सिङ्गल्समा पनि काँस्य पदक जितिन् ।

तपाईको प्रतिक्रिया