शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

धनकुटा – एक बालकलाई बसले ठक्कर दिएर घाइते बनाएपछि तीन जिल्लाको यातायात अवरुद्ध भएको छ ।  धनकुटाको लेगुवाबाट धरानतर्फ जाँदै गरेको को. १ ख ३७८२ नं को बसले धनकुटा नगरपालिका– १ हिले बजारमा आज बिहान ठक्कर दिएर घाइते बनाएपछि त्यसको बिरुद्धमा स्थानीयवासीले यातायात अबरुद्ध गरेका हुन् ।

पाख्रिवास नगरपालिका घर भई हिले मामली आएका ६ वर्षीय सोहन गुरुङलाई बसले ठक्कर दिएर घाइते बनाएका थिए । यातायात अवरोध भएपछि भोजपूर, शङ्खुवासभा, तेह्थुम लगायतका जिल्ला जानेआउने सयौँ यात्रु अलपत्र परेका छन् ।

उक्त घटनापछि आफन्तले पीडितलाई क्षतिपूर्ति र सवारी चालकलाई कारबाहीको माग गर्दै हिले चोक अगाडि सडकमा टायर बालेर प्रदर्शन गरी केहि सवारीमा तोडफोड समेत गरेका छन् ।

दुर्घटनामा परी दुबै खुट्टामा गहिरो चोट लागेका गुरुङको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरी नायब निरीक्षक दुखन यादवले बताउनुभयो ।

यातायात खुलाउन दुबै पक्षबीच सहमतिको प्रयास भइरहेको स्थानीय प्रशासनले बताएको छ ।

तपाईको प्रतिक्रिया