शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको विरुद्धमा संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा विदेशीको अनावश्यक चासो रहेको भन्दै युवा संघले विरोध गरेको छ ।

युवा संघ नेपालका प्रवक्ता प्रभात विक्रम कटुवालले शुक्रबार विज्ञप्ती निकालेर नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आफ्नो पदीय मर्यादा भुलेर नेपालको आन्तरिक मामिलामा आफ्नो अमर्यादित गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै यसले नेपालको सार्वभौमसत्तामा आँच आउने उल्लेख छ ।

‘देशको राजनीतिक र प्रशासनिक गतिविधिहरुमा राजदूत जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादा र भूमिका भुल्नु उचित होइन’ विज्ञप्तीमा भनिएको छ ‘यसरी नेपालको आन्तरिक मामलामा आफ्नो पदीय मर्यादा भुलेर अनावश्यक काम नगर्न रेलाई आग्रह गर्दछौं ।’

तपाईको प्रतिक्रिया