शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि लोकमानसिंह कार्की अख्तियार प्रमुखबाट स्वतः निलम्बनमा पर्नुभएको छ । महाअभियोग प्रस्ताव किनारा नलाग्दासम्म उहाँले काम गर्न पाउनुहुन्न ।

निलम्बनमा परेपछि सरकारी सेवा सुविधा पनि नपाउनुपर्ने हो । तर काम नगरेपनि लोकमानले सरकारी सेवा सुविधा छाड्नुभएको छैन ।

उहाँ अख्तियार कार्यालय छेउकै सरकारी निवासमा बसिरहनुभएको छ । निलम्बित अवस्थामा सरकारी सेवा सुविधा उपयोग गर्नु अवैधानिक मानिन्छ ।

तपाईको प्रतिक्रिया