शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसी र अमेरिकाको बोस्टनबासी नेपालीहरू बीच तिहारको पूर्वसन्ध्यामा बृहत अन्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ । arjun-narshing-kc-3

मन्त्री अर्जुननरसिंह केसीसँग यही अक्टोबर २३ तारिखका दिन अमेरिकामा बृहत अन्तरक्रिया हुन लागेको हो । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति न्यू ईंग्याल्याण्ड च्याप्टर बोस्टनको आयोजना गर्न लागिएको कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुको समस्या, नेपालको संविधान लगायतका विषयहरु उठान गरिने बताइएको छ ।

यही अक्टोबर १७ देखि २० तारिखसम्म इक्वेटरको क्वेटोमा हुने बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलन सहभागि हुन सरकारी टोलीको प्रतिनिधित्व गर्दै केसी क्वेटो पुग्नुभएको हो ।

कार्यक्रम पश्चात् मन्त्री केसी ल्याटिन अमेरिकी मुलुक इक्वेटरबाटपारिवारिक भेटघाटका लागि अमेरिका जान लाग्नुभएको हो ।

तपाईको प्रतिक्रिया