बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न दबाब दिन थालेपछि उहाँविरुद्ध संसदमा महाभियोग प्रस्ताव लैजानु परेको एमाले नेताले बताउनुभएको आजको नागरिक दैनिकमा खबर छ ।

‘अदालतको मुद्दा प्रभावित गर्न पार्टीका नेताहरुलाई धम्क्याउने काम कार्की पक्षबाट सुरु हुन थालेपछि महाभियोग प्रस्ताव दर्ता गराएका हौं,’ एमालेका एक नेताले भन्नुभयो, ‘कार्की राजनीतिक अस्थिरताको कारण बन्न सक्ने र उनले संविधान कार्यान्वयनमा समस्या सिर्जना गर्न सक्ने देखेर पनि यस्तो निर्णयमा पुगेका हौं ।’ कार्कीको योग्यता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । lokman-sing

एमालेका केही नेताले अख्तियार प्रमुखमा कार्कीको नियुक्ति सिफारिस रोक्न माग गर्दै तत्कालिन राष्ट्रपति रामवरण यादवलाई समेत भेट्नुभएको थियो । नियुक्तिलगत्तै कार्कीले एमाले लक्षित कारवाही थालेपछि पार्टीभित्र असन्तुष्टि चर्किएको थियो ।

सुशील कोइराला नेतृत्वको सरकारका एमाले मन्त्री राधा ज्ञवाली र पुरुषोत्तम पौडेललाई अख्तियारले कारवाहीका लागि पत्र काटेपछि एमालेभित्र कार्कीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिएको थियो ।

तपाईको प्रतिक्रिया