बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मोसुल – शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको एजेन्सीका अनुसार इराकको मोसुलबाट भागेर नौ सय मानिस सिरिया पसेका छन् । इराकले मोसुललाई इस्लामिक स्टेट आइएसबाट मुक्त गर्ने अभियान चलाएपछि यति धेरै मानिसले शहर छाडेको यो पहिलो पटक हो । 
इराकी सैनिकको आक्रमण मोसुल केन्द्रित हुन थालेपछि आइएसले सर्वसाधरणलाई ढाल बनाउने डर बढेको छ । यही डरले सिरिया पसेका मानिसलाई शरणार्थी शिविरमा राखिएको बिबिसीले जनाएको छ । मोसुलमा १५ लाख मानिस र आइएसका झण्डै पाँच हजार लडाकु रहेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया