बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं  – तीन वर्ष पहिले एक जनाको हत्या गरेको अभियोग लागेका साउदी अरेबियाका एक जना राजकुमारलाई मृत्युदण्ड दिइएको साउदी आन्तरिक सुरक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । saudi

व्यक्तिगत झगडामा तीन वर्षअघि राजकुमार तुर्की बिन साउद अल कबिरले एक जनालाई गोली हानी हत्या गरेका थिए । साउदी अरेबियामा मृत्युदण्ड दिने चलन भए पनि राजपरिवारका सदस्यलाई सिति मिति दिइँदैन थियो ।

पीडित परिवारले ’ब्लड मनी’ क्षतिपूर्ति लिन अस्वीकार गरेपछि मृत्युदण्ड दिइएको बताइएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया