शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

अस्ट्रिया – अस्ट्रियाको सरकारले जर्मन तानाशाह एडोल्फ हिटलको जन्मघर भत्काउने तयारी गरेको छ । अस्ट्रिया र जर्मनीको सीमा नजिक रहेको हिटलरको जन्मघर ‘ब्रनाउ एम इन’ भत्काउने तयारी भएको हो ।

यो घरको तल्लो तला धर्मशालको रुपमा थियो भने माथिल्लो तलामा हिटलरको परिवार भाडामा बस्थे । त्यही घरेको एक कोठामा सन् १८८९ को अप्रिल २० मा हिटलरको जन्म भएको थियो । नाजी शासनको क्रममा यो घरलाई हिटलरको स्मारक बनाइएको थियो ।

तर सन् १९४४ मा नाजी शासनको अन्त्य भएपछि यसलाई बन्द गरिएको थियो । नाजीहरुले यसलाई पवित्र स्थलको रुपमा लिने गरेका छन् । अस्ट्रियामा यो घरको विषयमा विवाद हुँदै आएको छ । घरको विषयमा यसका मालिक र सरकारबिच विवाद छ । यही कारणले अस्ट्रियाको संसदले हिटलरको जन्मघर भत्काउने सम्बन्धी नयाँ कानुन पारित गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया