बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नयाँ शक्ति पार्टी नेपालको देशभरी संगठन तिब्र रुपमा बिस्तार भईरहेको छ भने बिदेशमा पनि आफ्नो भातृ संगठनको रुपमा “अन्तराष्ट्रिय नेपाली समाज (INS) को नामले विश्वका धेरै देशहरुमा संगठन बिस्तार गरी स्थापित भएको छ । नेपाल देखि विश्वका कुना कन्दारावाट धेरै ब्यक्तित्वहरु सम्बृद्ध नेपाल निर्माणको लागि नयाँ शक्ति पार्टी नेपालमा संगठीत भईरहेका छन् ।

जापानमा पनि ठुलो संख्यामा प्रवासी नेपाली समुदाय र विभिन्न तह ,तप्काका र क्षमताका ब्यक्तित्वहरु संगठीत भईसकेका छन् भने यही सेप्टेम्बरमा नयाँ शक्ति पार्टिका संयोजक तथा सम्मानिय पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तराष्ट्रीय नेपाली समाज (INS) जापानले आयोजना गरेको बृहत अन्तर्कृया कार्यक्रम मार्फत जापानबासी नेपालीहरुलाई सम्बोधन गर्दै नयाँ शक्तिको धारणा प्रष्ट पारेपछि संगठीत हुनेको संख्या अझ रफ्तारमा बढीरहेको छ । यसै परिप्रेक्ष्यमा जापानमा बिभिन्न क्षेत्र र ईलाकाहरुमा समेत समितीहरुको गठनलाई तिब्रता दिईरहेको छ ।

यसैबीच अन्तराष्ट्रिय नेपाली समाज जापानको संगठन बिस्तारको क्रममा हालै भएका भेलाहरुले टोकियो अन्तर्गत मिताका नाकानो सिनओकुबो इलाक (INS) र साईतामा क्षेत्रको ईलाका नं १ मा संयोजक समिती निर्माण गरेका गरेको छन् ।

अन्तराष्ट्रिय नेपाली समाज जापानको कान्तो क्षेत्रको टोकियो ईलाका अन्तर्गत मिताका नाकानो सिनओकुबो इलाक (INS) को भेला टोकियो क्षेत्रका संयोजक गणेश लामिछानेको अध्यक्षतामा र अनेस जापानका संयोजक तथा केन्द्रिय परिषद सदस्य पदम सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सहिदको संम्झनामा एक मिनेट मौन धारण गर्दै एकआपसमा परिचय र दशैको शुभकामना आदान प्रदानवाट सुरुभएको भेलाले निम्न बमोजिमको ३० सदस्यीय संयोजक समिती निर्माण गर्दै सम्पन्न भएको थियो ।

( संयोजक) रवि लामिछाने
(सह संयोजक) ऋषिराम ढकाल

सदस्यहरुः
रक्तिम बगाले
साधुराम रुपाखेती
सुनिल देवकोटा
दीपेन्द्र पोखरेल
गोविन्द शर्मा
नवराज पौडेल
निर्मल देवकोटा
सागर देवकोटा
हरिकृष्ण शर्मा
नवराज पाण्डे
राजन खड्का
करन मगर
अजय गुरुगं
सन्तोष भुजेल
सुजन देवकोटा
सुरज गुरुगं
सरिता देवकोटा
विष्णु लामिछाने
सुरज पाण्डे
सुनिता थापा
आईमान गुरुगं
ईश्वर थापा मगर
शिवराज भट्टराई
रोमियो मगर
दिवस गिरी
निर्मल श्रेष्ठ
कविराज श्रेष्ठ
विभाग
( आर्थिक विभाग संयोजक) : बिशाल रेग्मी
यसको साथसाथै यस क्षेत्रमा सदस्यता बितरण ब्यापक गर्ने, लेवी सम्वन्धि अनेस जापान केन्द्रले गरेको निर्णय अनुसार यस क्षेत्रमा पनि प्रभावकारी बनाउदै नविकरण शुल्क सम्पूर्ण सदस्यहरुले बुझाउनु अनुरोध पनि गरेको छ ।

यस भेलालाई प्रमुख अतिथि अनेस जापानका संयोजक तथा केन्द्रिय परिषद सदस्य पदम सिंह ठगुन्नाले सम्बोधन गर्दै सम्पूर्ण सदस्यहरुलाई बैचारिक प्रशिक्षण दिनुभएको थियो भने अनेस जापानको संगठन बिभाग प्रमुख तथा प्रवास प्रादेशिक समितीका सदस्य चण्डिका अंम्गाईले संगठन बिस्तारका योजनाहरुको बिषयमा प्रष्ट पारेका थिए ।

त्यसैगरी अनेस जापानको कान्तो संयोजक राजु केसीले संदेश पठाएर भेलाको सफलताको शुभकामना दिएका थिए। अन्तमा भेलाका सभापति तथा टोकियो क्षेत्रका संयोजक गणेश लामीछानेले संगठन बिस्तारलाई तिब्रता दिने प्रतिबद्दता सहित भेलाको समापन गरेका थिए।

त्यसैगरी अन्तराष्ट्रिय नेपाली समाज जापानको साईतामा क्षेत्रको ईलाका नं १ को भेला साईतामा क्षेत्रका संयोजक मेघनाथ खरालको अध्यक्षतामा, अनेस जापानका संयोजक तथा केन्द्रिय परिषद सदस्य पदम सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा, र अनेस जापानका संगठन बिभाग प्रमुख तथा प्रवास प्रादेशिक समिती सदस्य चण्डिका अंम्गाई, कान्तो संयोजक राजु के सी र अनेस जापानका अनुशासन बिभाग सदस्य माधब सिग्देलको आतिथ्यतामा सहिदको संम्झना र सम्मानमा एक मिनेट मौन धारण बाट सुरु भएको भेलाले निम्न बिषयहरुमा छलफल गरी निन्न निर्णय हरु समेत गरेको जानकारी प्राप्त भएको छ ।

यस भेलालाई प्रमुख अतिथि अन्तराष्ट्रीय नेपाली समाज (INS) जापानका संयोजक तथा केन्द्रिय परिषद सदस्य पदम सिंह ठगुन्नाले सम्वोधन गर्दै सम्पूर्ण सदस्यहरुलाई बैचारिक प्रशिक्षण दिएका थिए भने संगठन बिभाग प्रमुख तथा प्रवास प्रादेशिक समितीका सदस्य चण्डिका अंम्गाईले संगठन बिस्तारका योजनहरुको बिषयमा प्रष्ट पारेका थिए।

त्यसैगरी कान्तो संयोजक राजु केसीले कान्तो क्षेत्र र यहाका सम्पुर्ण ईलाकाहरुमा संगठन बिस्तारलाई ब्यापक बनाउदै यसलाई सम्बृद्द नेपाल निर्माण संग जोड्ने कुरा राखेका थिए। सचिवालय सदस्य तथा अनुसासन बिभाग सदस्य माधव सिग्देलले भेलामा बोल्दै नयाँ शक्ति आजको आवश्यकता हो तर यसलाई सांगठानीक अनुशासनमा अगाडी वढाउने जिम्मेवारी हामी सबैको हो भनेका थिए ।

साथै प्रवक्ता भुवन रोकाले संदेश मार्फत भेलाको पूर्ण सफलताको शुभकामना दिएका थिए । उक्त भेलामा सम्पूर्ण अतिथिहरुलाई पुजा सापकोटाले स्वागत मन्तव्य राख्दै उपस्थिती सबैलाई धन्यबाद दिएकी थिईन। रवि खरालले कार्यक्रम संचालन गरेका थिए।

अन्तमा भेलाका सभापति तथा साईतामा क्षेत्रका संयोजक मेघनाथ खरालले संगठन बिस्तारलाई तिब्रता दिदै नयाँ शक्तिको बिधानमा रहेर सम्बृद्द नेपाल निर्माणको यो अभियानमा निरन्तर लागिरहने प्रतिबद्दता सहित भेलाको समापन गरेका थिए।

यसैगरी अनेस जापानको केन्द्रसँग समन्वय गर्दै संगठनको बिस्तारमा सक्रिय भएर नयाँ शक्ति पार्टीको बिधानमा रहेर छिट्टै व्यवसाय तथा लगानी समिती गठन गरी सम्बृद्द नेपाल निर्माणको लागि र नेपालका बिभिन्न क्षेत्रमा लगानी गर्नको लागि केन्द्रसँग समन्वय गर्ने निर्णय गरेको पनि वताईएको उक्त भेलाले निम्न बमोजीमको ३५ सदस्यीय ईलाका संयोजक समिती निर्माण गर्दै सम्पन्न भएको थियो ।

संयोजक:  मेघनाथ खराल सदस्यहरु
बुद्दिप्रसाद सापकोटा
नारायण सापकोटा
प्रेम बहादुर के सी
डिल्लाराम कंडेल
लक्ष्मण सापकोटा
हरी निउरे
हरी सापकोटा
खेमराज खराल
देवीराम सापकोटा
विनाराम खरेल
गोबिन्द खराल
मनी प्रसाद खराल
केशब सापकोटा
अर्जुन खराल
टेक प्रसाद सापकोटा
खिम प्रसाद खरेल
पुरुषोत्तम सापकोटा
बाबुराम सापकोटा
ऋषिराम घिमीरे
बिष्णु ढकाल
रुकमान सापकोटा
लाल बहादुर के सी
प्रकाश खराल
रवि खराल
कमल खराल
बिना सापकोटा
नारायण खराल
बिजुला सापकोटा
सरस्वती सापकोटा
धुर्ब बहादुर कार्की
केशव खराल
सरु के सी
पुजा सापकोटा
देवी प्रसाद सापकोटा

विभागहरु
……………

व्यवसायी विभाग संयोजक : बुद्दि सापकोटा
सह संयोजक : नारान सापकोटा र
सह संयोजक : नारान घिमिरे
रोजगार प्रवर्दन संयोजक : देबीराम सापकोटा
सह संयोजक : खेमराज खराल
सह संयोजक : केशव सापकोटा
यूवा विभाग संयोजक : प्रकाश खरेल
सह संयोजक : कमल खराल
सह संयोजक : रवि खराल

तपाईको प्रतिक्रिया