शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो-जापान नेपाल मैत्रीसंघको अायोजनामा टोकियोमा ‘जापान स्माइल फेस्टिवल’ हुने भएको छ ।

नेपाल जापान सम्बन्धको ६० अाैं वर्ष गाँठको अवसरमा हुन लागेको यस कार्यक्रम नेपाल र जापानको कुमामोतो भूकम्प पीडितहरूको सहयोगार्थ हुन गइरहेको अायोजकले बताएको छ ।

कार्यक्रममा नेपालका रेसलर हिमालयन टाइगरलाई अामन्त्रण गरी जापानका रेसलर फुजीनामीसँग मैत्रीपूर्ण खेल खेलाईने कार्यक्रम रहेको छ ।

त्यसो त दुइ देशबीचको सांस्कृतिक अादानप्रदा गरिनुका साथै नेपालको व्यापार प्रवर्धन र जापानी परिकारहरूको बारेमा पनि जानकारी गराइने कुरा अायोजकले बताएको छ ।

यही अक्टोवर २९ तारिक ४ बजेदेखि हुने उक्त कार्यक्रममा उपस्थित भई भूकम्प पीडितहरूको सहयोग तथा दुई देशबीचको सांस्कृतिक अादानप्रदानमा सहयोगी भूमिका खेल्न जापानमा रहेका नेपालीहरूलाई अायोजकलेअनुरोध गरेको छ ।***
event-one event-two

तपाईको प्रतिक्रिया