शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

भारत – भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो ।

अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । आगलागीका कारण अस्पतलाको आइसियु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतारमा बाहिर निकालिएको थियो ।

आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपचाररत बिरामीलाई निजकैको अरु अस्पतालमा लगिएको छ । सातवटा दमकल र एक सय २० जना अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले आफू दुखी भएको बताउनुभएको छ । 

तपाईको प्रतिक्रिया