बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका ठकुरी समुदायको संगठन दर्शन समाज जापानको दशैं भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार टोकियोमा सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान, मान्यजनबाट टिकाजमरा तथा आशिर्बाद ग्रहण गरिनुका साथै दसैबिशेष मनोरञ्जनात्मक साँगीतिक वातावरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित जापानी नागरिकहरुले पनि रमाईलो मान्दै टिका, जमरा ग्रहण गरेका थिए ।
9
कोजाग्रत पूर्णिमाका दिन पारेर भएको सो कार्यक्रममा समाजका अध्यक्ष सुरज मल्लले उपस्थित सबैमा स्वागत गर्नुका साथै बडा दसैंको शुभकामना ब्यक्त गर्नुभएको थियो ।शुभकामना दिनुहुनेहरुमा समाजका सल्लाहकारहरु पवनवर्षा शाह, जनकबिक्रम शाही, तिलक मल्ल, रामकृष्णबम मल्ल लगायतका हुनुहुन्थ्यो ।

दसैजन्य परिकारहरुको साथमा दिवाभोजसहितको सो कार्यक्रममा रामकृष्णबम मल्ल, यज्ञ मल्ल, एनिशा मल्ल, सुमिना सिंह, लक्ष्मी मल्ल, भुवनसिंह ठकुरी, सञ्जु शाही लगायतका कलाकारहरुले दसैं बिशेष गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजकी कोषाध्यक्ष सिर्जना हमालको सन्चालन रहेको थियो । ****    फोटो : बिशालबम मल्ल/समुद्रपारि

 

तपाईको प्रतिक्रिया