शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायकलाई प्रदान गरिने भएको छ ।  गीतकार एंव गायक बब डेलनले यस वर्षको नोबेल पुरस्कार पाएका हुन् । कुनै गीतकारलाई नोबेल पुरस्कार दिइएको यो पहिलो अवसर हो ।

बब डेलन विश्वभर निकै लोकप्रिय मानिन्छन् भने उनलाई लोकगीतका रक स्टार पनि भनिन्छ । अमेरिकी गीतको महान् परम्परामा काव्यिक अभिव्यक्ति सिर्जना गरेको भन्दै नोबेल पुरस्कार समितिले उनलाई पुरस्कार दिने घोषणा गरे‍को हो ।

अमेरिकाको मिनेन्सोटाका बासिन्दा डिलेन सन् १९४१ मा जन्मिएका हुन् । सन् १९५९ मा आफ्नो सांगितिक यात्रा सुरु गरेका उनी अहिलेसम्म पनि उत्तिकै क्रियाशील रहेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनका धेरैजसो गीतमा अमेरिकाको समस्याको इतिहास पाइन्छ । डेलनलाई मानवअधिकारवादी र युद्धविरोधी सर्जक तथा कलाकारका रुपमा समेत चिनिन्छ ।नोबेल पुरस्कार समितिले यसअघि भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, र चिकित्साशास्त्रतर्फ तथा नोेबेल शान्ति पुरस्कारको घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया