बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – नेपाली चलचित्रमा थोरै मात्र दसैंका गीतहरु समावेश भएका छन् । थोरै मात्र चलचित्रमा दसैंका गीतहरु राखिए पनि जे जति गीतहरु लगभग ती सबै चर्चामै छन् । दसैंका गीतले नै चलचित्रलाई थप चर्चामा पुर्याएपछि आजभोली दसैंका गीतहरु चलचित्रमा अलि बज्न थालेका छन् । हामी यहाँ पुराना चलचित्रदेखि नयाँ चलचित्रमा समावेश भएका केही दसैं गीतका बारेमा चर्चा गर्दैछौं ।

dashai-song-inside-photo

मुगलान् – दसैं आयो
जब दशै नजिक नजिक आउँछ तबतब मुगलान फिल्मको गीत जताततै गुजिन्छ । दसैंसँग जोडिएको चलचित्रको गीत भन्ने बित्तिकै सबैको मुखमा झुण्डिहाल्छ मुगलान फिल्मको ‘दसैं आयो’ शीर्षकको गीत । पुरानो सफल मानिने चलचित्र ‘मुगलान’ उक्त गीतले गर्दा आजसम्म पनि चर्चित छ । दसैंको यथार्थ भाव प्रस्तुत गरिएको उक्त गीत अहिलेका दसैंहरुमा उत्तिकै लोकप्रिय छ । ‘कोदो फुल्यो बारीमा धानको बाल झुल्यो खेतमा’ गीतको भिडियोमा चर्चित कलाकारहरु दिलिप रायमाझी, झरना थापा, रमित ढुंगाना, शुशील क्षेत्री, विपना थापा लगायतको अभिनय छ ।

मनमन्दिर – रातो टिका दसैंको
दसैं झल्कने अर्को पुरानो चलचित्र मनमन्दिरमा पनि दसैं गीत समावेश गरिएको छ । मनमन्दिर चलचित्रको उक्त गीतमा महानायक राजेश हमाल र नायिका झरना थापा मुख्य रुपमा देखिएका छन् । उक्त गीतले ‘रातो टिका दसैंको जमरा तिमी फुल म परे भमरा…’ भन्दै छ ।

बसन्ती – दसैं दिक्पाल
यसैगरी दसैं झल्कने चलचित्र बसन्तीको ‘दसैं दिक्पाल’ पनि हो । निर्देशक निर शाहले निर्देशन गरेको पुरानो चलचित्रको उक्त गीतमा पनि नायिका निरुता सिंहलाई नै देख्न सकिन्छ ।

अल्लारे – रातो टिका निधारमा
अर्को चर्चित तथा सबैको मुखमा झुण्डिन सफल गीत हो ‘रातो टिका निधारमा टलक्कै टल्कियो’ । नेपाली चलचित्र अल्लारेको उक्त गीतमा महानायक राजेश हमाल र चर्चित नायिका करिश्मा मानन्धरलाई भिडियोमा देखाईएको छ । उक्त गीत पनि प्राय दसैंमा निकै गुञ्जिन्छ ।

https://www.youtube.com/watch?v=vJ5DEkgNesI

नतिजा – ‘दसैं आयो दसैं आयो’
पछिल्लो समय दसैंका पुराना फिल्ममा मात्र नभई नयाँ चलचित्रमा पनि दसैं गीत समावेश गर्न थालिएको छ । यसै मध्येको चलचित्र नतिजाको गीतलाई लिन सकिन्छ । प्रमोद भण्डारीले निर्देशन गरेको यस चलचित्रको गीतमा राजेश पायल राई र मनिषा पोखरेलले स्वर दिएकी छिन् । उक्त गीतले नेपालीहरुको यथार्थ परिस्थितिलाई संकेत गरेको छ ।

मेरो देश – ‘रातो टिका जमरा’
यस्तै आउँदो मंसिर २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो देश’मा दसैंको सुन्दर गीत समावेश गरिएको छ । बीबी अनुरागीले संगीत दिएको ‘रातो टिका जमरा दसैं लाग्यो….’ गीतमा स्मृत शाहीको स्वर रहेको छ । यस गीतको भिडियो भने सार्वजनिक भैसकेको छैन ।

तपाईको प्रतिक्रिया