शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानलाई सन् २०१२ मा मुम्बईको वानखेड़े स्टेडियम सुरक्षाकर्मीमाथि गालिगलौज गरेको भनिएको घटनामा सफाइ दिइएको छ ।

sa

आईपीएल अन्तर्गत २०१२ मा कोलकाता नाइट राइडरर्स र मुम्बई इन्डियन्सबीचको खेल सकिएपछि स्टेडियमका एक सुरक्षाकर्मी माथि गालिगलौज गरेको आरोप लागेको थियो ।

यो घटनापछि सामाजिक कार्यकर्ता अमित मारूले मुद्दा दर्ता गरेका थिए । तर यस बिषयमा प्रहरीले सिटी मजिस्ट्रेटमा पेश गरेको रिपोर्टमा गालिगलौज गरेको कुनै प्रमाण नपाएको बताइएको छ ।

उक्त खेल जितेपछि उनका आफन्त स्टेडियममा आएकोमा सुरक्षाकर्मीले उनीहरुलाई बाहिर जान भनेका थिए । तर त्यस बिषयमा भनाभन हुँदा खानले गालिगलौज गरेको आरोप लगाइएको थियो ।

तपाईको प्रतिक्रिया