शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
dhanusaदशैमा छोरो नआउँदा मन भारी नपार्नुस है आमा  ।
पिंढीको डिलमा बसी बर्बर आशु नझार्नुस है आमा ।।
प्रदेशी साथीसंगीहरू धमाधम घर फिर्दा, मलाई सम्झी कती ।
रोली, छोरो आउछ हजुरको आश नमार्नुस है आमा ।।
अनिकालमा खाको ऋणले  घर आउनै सकिन आमा ।
यस पाली मेरो लागि बरु जमरा नछर्नुस है आमा ।।
बासको लिङ्गो गाड्दै कोही बाबियो बाट्दै होला घर मुनि ।
खेतमा, मलाई सम्झी पछ्यौरी मुखमा नसार्नुस है आमा ।।
खरको छानो फेरौला नि अर्को दशै ताका, बन्दकी बारी ।
फर्काउने गरी आउछु पिरले  मन नभर्नुस है आमा ।।
औषधी गर्नु अलि पैसा पठाछु चिन्ता लिनु पर्दैन मेरो ।
स्वास्थ्य लाभको कामना अनि मुख पनि बार्नुस है आमा ।।
-नवलपरासी (हाल द कोरिया )

तपाईको प्रतिक्रिया