बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – सामाजिक सञ्जालहरुमा अपशब्द तथा अश्लिल शब्द प्रयोग गरी कमेन्ट गर्नेहरु प्रति नेपाल प्रहरीले सचेत गराएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज एक विज्ञप्ति जारी गर्दै त्यसप्रती सचेत गराएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग गर्ने क्रममा अश्लील तथा अनावश्यक कमेन्टको प्रयोग दिनानुदिन बढिरहेको साथै सम्बन्धित पीडितहरुबाट समृत ईज्जत, प्रतिष्ठामा प्रतिकुल असर पर्न गएकाले यसप्रति प्रहरीको ध्यानाकर्षण भएको छ ।’ फेसबुक, टुईटर जस्ता सबैखाले सञ्जालको दुरुपयोग नगरी व्यक्ति वा संस्थाको ईज्जत र प्रतिष्ठामा आच पुर्याउने काम नर्गन अनुरोध गरेको छ ।

यदि कोहि कसैले असर पर्ने अभिव्यक्ति सम्प्रेषण गरेमा कानुन बमोजिम कडा कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।

14519773_1208784335861629_6063014663223724697_n

तपाईको प्रतिक्रिया