बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा बोदै उहाँले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्त्व सक्रिय षड्यन्त्रमा लागेको बताउनुभयो । ‘संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु’,वरिष्ठ नेता पौडेलले भन्नुभयो ।1475214611ramchandra

वरिष्ठ नेता पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहेको जानकारी दिनुभयो । ‘लोकतन्त्रविरुद्ध मैले ठुलो षड्यन्त्र देखेको छु । तपाईँले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस्, पत्रकारलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरुको भेलामा उपस्थित थियो ।

तपाईको प्रतिक्रिया