बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा बार्सिलोनामा दुर्घटनामा परेको हो । उक्त समयमा विमानमा रोनाल्डो भने थिएनन् । ronaldo-plane

प्लेन दुर्घटना भएको बेलामा रोनाल्डो जर्मनीमा बोरूसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेलिरहेका थिए ।१५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा प्लेनका पाइलटलाई सामान्य चोट लागेको छ।

तर, कसैको अवस्था पनि गम्भीर नभएको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया