शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्नुभयो ।

हिजो महाधिबशेन उद्घाटन सत्र सम्पन्न पछि सुरु भएको बन्द सत्र आज बिहानबाट पुनः सुरु हुने बताइएको छ । हिजोको बन्द सत्रले राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पनि पास गरिसकेको छ भने निर्वाचन समिति पनि गठन गरिसकेको छ । ‘सकेसम्म सहमतिका लागि नेताहरुबाट पनि पहल जारी छ यदि सहमति नभएको परिस्थिीतमा चुनाव हुन्छ’ महासचिवका दाबेदार राजु लामाले समुद्रपारिसँग भन्नुभयो ।  महाधिवेशनले ९५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । १० वर्षपछि सुरु भएको महाधिवेशनबाट अध्यक्ष पदमा को आउला भन्ने चासो बढी छ । बन्द सत्र सकिएलगत्तै पक्रिया पुर्‍याएर आजै मतदान हुने बताइएको छ । अध्यक्ष पदका लागि हालसम्मका ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा र दीपक मैनालीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 1475144700173_pro_ktm290916_0583

अध्यक्षका ४ उम्मेदवार मध्य मैनाली बादल पक्षका अरू तीन जना संस्थापन पक्षका हुन् । सहमति जुट्ने सम्भावना कम भएकाले मतदानको तयारीसमेत गरिएको छ । निर्वाचन नै गर्ने स्थिति आएमा बलराम थापा र विष्णु सापकोटाबीच प्रतिस्पर्धा हुने बताइन्छ । ओम शर्मा चुनाव नलड्ने तर सर्बसम्मती भएमात्रै अध्यक्ष बन्ने दाउँमा देखिनुहुन्छ । २०६३ चैत १ गते तत्कालीन क्रान्तिकारी पत्रकार सङ्घको पहिलो भेलाले महेश्वर दाहाललाई अध्यक्षमा चयन गर्दा शर्मा महासचिव र सापकोटासहित हालका अध्यक्षका आकांक्षी सबै सदस्य थिए । त्यसैले पनि उहाँ आफूभन्दा जुनियरहरुसँग चुनाव नलड्ने मनस्थितिमा छन् । ओम शर्मा नेपाल पत्रकार महासङ्घको महासचिव, प्रधानमन्त्री प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार र गोरखापत्र संस्थानको अध्यक्ष समेत बनिसक्नुभएको छ ।

हाल उहाँ आफ्नो निजी अनलाइन चलाएर बस्नुभएको छ । यसै गरी विष्णु सापकोटा ‘जुगल’ पनि वैचारिक रूपमा कमजोर मानिएपनि कुशल संगठक भने मानिनुहुन्छ । कार्यकर्ताहरूको मर्का बुझ्ने र क्षमता अनुसारको जिम्मेवारी दिएर व्यवस्थापन गर्ने क्षमता उहाँमा रहेको बताईन्छ । बलराम थापा वैचारिक र राजनीतिक क्षमता भएका व्यक्ति हुन् । उहाँ पार्टीका इमान्दार कार्यकर्ता पनि हुन् । सरल र सोझो व्यक्तित्वका थापाले पनि कुनै लाभको पद धारण गरेका छैनन् । तर थापा सङ्गठन निर्माण र कार्यकर्ताहरूको व्यवस्थापनमा भने कमजोर मानिनुहुन्छ । यसै गरी महासचिवमा संस्थापन पक्षबाट सचिन रोकाय र मजोज घर्ती तथा बादल पक्षबाट राजु लामा मुख्य प्रतीस्पर्धी देखिएका छन् । राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुबाट ९५ पन्चानब्बे सदस्यीय कार्य समिति चयन गर्नेछ । om-sharma-bishnu-sapkota-and-balaram-thapa

अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, खुल्ला उपाध्यक्ष ३, १ महिला अनिवार्य पर्ने गरी समावेशी उपाध्यक्ष २ , महासचिव १ र उपमहासचिव १ जना चुनिनेछन् । यसै गरी सचिव खुल्ला ५, महिला सचिव १, आदिवासी जनजाति सचिव १, मधेसी सचिव १, दलित सचिव १ र कोषाध्यक्ष १ जना चुनिने निर्वाचन समितिले जनाएको छ । यसरी १९ सदस्यीय पदाधिकारी र सबै प्रदेश अध्यक्ष गरी २७ सदस्यीय सचिवालय गठन हुनेछ । ६३ जना सदस्यलाई महाधिवेशनले चयन गर्नेछ भने ५ जना सदस्यलाई केन्द्रीय समितिले मनोनीत गर्नेछ ।

तपाईको प्रतिक्रिया