बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – भारतीय सेनाले पाकिस्तानी भूमिमा प्रवेश गरेर दुई पाकिस्तानी सेनाको हत्या गरेको पाकिस्तानी सेनाले जनाएको छ । यसलाई पाकिस्तानी सैन्य प्रवक्ताले पनि स्वीकारेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । timthumb

यता भारतीय सेनाका डीजीएमओ लेफिटेन्ट जनरल रणवीर सिंहले भने पाकिस्तानी सेना तर्फ ठुलो क्षति भएको दाबी गर्नुभएको छ । बुधवार राति भएको सर्जिकल स्ट्राइकमा पाकिस्तानी सेना र केही आतङ्कवादी हताहत भएको जनरल सिंहले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो ।

भारतले आफ्नो भूमिमा सर्जिकल अपरेशन गरेको नभई सीमामा गोली हानाहान भएको दाबी पाकिस्तानले गरेको छ विभाजित काश्मिरको सीमा मानिएको ‘लाइन अफ कन्ट्रोल’ क्षेत्रमा भारत र पाकिस्तानबीच कहिलेकाहीँ गोली हानाहान हुने गरेको छ।

भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण भएकोले अहिलेको भीडन्तले दुई परमाणु शक्ति राष्ट्रबीच युद्व हुनसक्ने त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया