शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – नेपाली लोकदोहोरीका चर्चित गायक पशुपति शर्माले लमजुङमा धमका मच्चाउने भएका छन् ।

हरेक वर्गका दर्शक श्रोताहरुको मनमुटुमा बस्न सफल गायक शर्माले दसैँको अष्ठमीको दिन (असोज २३ गते) लमजुङको राईनास न.पा .७ कुसुण्डे मा धमाका मच्चाउने भएका हुन् । अकला युवा क्लबको वार्षिक उत्सव तथा डाईरेक्टरी बिमोचनमा शर्मालाई राईनास लान लागिएको क्लबका अध्यक्ष माधव पौड्यालले बताए ।  कार्यक्रममा शर्मासँगै स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहनेछ । लोक सङ्गीतको जिल्ला मानिने लमजुङमा पछिल्लो समयमा सांस्कृतिक कार्यक्रमहरू धेरै हुन थालेका छन् ।

उक्त दिनमा संस्थाले पचासी वर्ष भन्दा माथिका बृद् बृदलाई सम्मान, एसएलसी मा बि प्लस भन्दा माथि ल्याउनेलाई सम्मान तथा क्लबलाई सहयोग गर्नेहरुलाई पनि सम्मानको कार्यक्रम पनि राखेको छ ।

तपाईको प्रतिक्रिया