शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

रुपन्देही – पश्चिम नेपाल बस व्यवसायी संघ बुटवल रुपन्देहीले बिहीबारदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ्ग खुल्ला गरेको छ । लामो र छोटो दूरीमा जाने सबै यात्रुले संघका आधिकारीक काउन्टरमा गई अग्रिम टिकट बुकिङ्ग गर्न सक्ने संघले बताएको छ ।

संघले लामो र छोटो दूरीमा गरी दैनिक ११ सय ५० बस सञ्चालन गर्दै आएको छ । दसैँमा यात्रुको चापलाई ध्यानमा राखी थप बस सञ्चालन गर्ने सकिने संघले बताएको छ । ठगिनबाट जोखिन आग्रह गर्दै संघले काउन्टरबाटै टिकट लिन यात्रुहरु सँग आग्रह गरेको छ ।

लामो दूरीमा पोखरा बाग्लुङ्ग–बुटवल, बुटवल–काँकडभित्ता, काठमाडौं, जनकपुर, गौर र  पहाडी जिल्ला  गुल्मी, अर्घाखाँची,  स्याङ्गजा,  रुकुम रोल्पा,  दाङलगायतका जिल्लामा यात्रुको चाप बढी हुन्छ ।

तपाईको प्रतिक्रिया