शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – विश्व मुटु दिवस नेपालमा पनि आज मनाईदैछ । मुटु रोगबारे सचेतना फैलाउने उद्देश्यले प्रत्येक बर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले आज चेतनामुलक कार्यक्रम गर्दैछन् ।

Heart

विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रतिवेदनअनुसार अस्वस्थकर जीवन शैली, अनियमित खानपान, वंशानुगतजस्ता कारणले मुटु रोग हुने गर्छ । मुटुसम्बन्धी रोगका कारण विश्वभर बर्षेनी १ करोड ७३ लाख मानिसले ज्यान गुमाउने गरेको डब्लुएचओले जनाएको छ । नेपालमा मात्रै बर्सेनी ३३ सय ३८ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

नेपालमा मुटु रोग बढ्नुको प्रमुख कारण नेपाली आकाशमा घोलिएको विषाक्त हावा रहेको डब्लुएचओले जनाएको छ । वायु प्रदुषणले गर्दा नेपालमा बर्षेनी ९ सय २३ जना फोक्सोको क्यान्सर, १ हजार ७ सय ७० जनामा दम र ७ सय ४० जनामा तल्लो सास नलीको संक्रमण हुने गरेको छ ।

यी सबैका कारण बर्सेनी ९ हजार ९ सय ४३ जना नेपालीको अकाल मृत्यु हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया