शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

रुस – रुसले सिरियाको अलेप्पो शहरमा आक्रमण नरोके सिरियासँगको वार्ता तोड्ने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले रुसी समकक्षी सेर्गेइ लाभरोवलाई फोन गरेर अलेप्पो शहरमा रुसले आक्रमण गरिरहेको दाबी गर्दै त्यो नरोके सिरियासँगको वार्ता तोड्ने चेतावनी दिनुभएको हो ।

ruse

अमेरिकी विदेश विभागले वार्ता स्थगित गर्ने तयारी समेत गरेको बिबिसीले जनाएको छ । एक हप्ता पहिला युद्धविराम भंग भएपछि अलेप्पो शहरमा भिषण हवाई आक्रमण भैरहेको छ । विद्रोही समुहको कब्जामा रहेको पूर्वी हिस्सामा झण्डै साढे २ लाख मानिस फसेका छन् ।

यिनीहरु रुस समर्थित सिरियाली सेनाको घेराबन्दीका कारण फसेका हुन् । यो क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि जारी संघर्षमा अहिलेको आक्रमण नै ठूलो भएको खबरमा उल्लेख छ । अमेरिकाले यो आक्रमण रुसले गरेको आरोप लगाउदै आएको छ ।

युनिसेफका अनुसार गएको शुक्रबार एलेप्पोमा भएको आक्रमणमा ९६ बालबालिकाको ज्यान जानुका साथै दुई सय २३ जना घाइते भएका छन् । रुसले भने घटनामा आफ्नो संलग्नता नरहेको बताउदै आएको छ ।

तपाईको प्रतिक्रिया